फागुन–२८, नेपाल डेरी एसोसिएसनले जि.आई.जेट र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा एसोसिएसनको केन्द्रीय कार्यालय काठमाडौंमा उपत्यकामा रहेका डेरी उद्योगीहरुको भेला गरि उर्जा दक्षता कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, संस्थापक सदस्य राजन दाहाल, सह-कोषाध्यक्ष रामभक्त दाहाल, डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा एंव नेपाल डेरी एसोसिएसनका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबैलाई स्वागत गर्दै उर्जा दक्षता कार्यक्रमले डेरी उद्योगीहरुलाई उत्पादन लागत घटाउन ठूलो सहयोग पुग्ने र त्यसबाट फाइदा लिन सक्नु पर्ने छ र यसलाई राम्रोसँग बुझेर कार्यान्वयन गर्न सकेमा डेरी उद्योगी मुनाफामा जाने कुरा बताए । जि.आई.जेटका डा.संजय प्रसाद गोर्खालीले उद्योगमा उर्जा नविकरण गर्दै सदुपयोग गर्न सके उद्योगमा धेरै मुनाफा निकाल्न सकिने कुरा बताए । जि.आई.जेटका उर्जा सल्लाहकार सुदन कायास्थले उर्जा दक्षता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय वाणिज्य बैंकका उर्जा अनुदान कन्सलटेण्ट राजिब जोशीले अनुदान कसरी प्राप्त गर्ने भन्ने कुरा कार्यपत्र मार्फत प्रस्तुत गरि उपस्थित सबैलाई बुझाएका थिए ।
जि.आई.जेटका कन्सलटेण्ट सिन्जा उपाध्ययले कार्यपत्र प्रस्तुत गर्दै डेरी उदोगमा कसरी उर्जा बचाउन सकिन्छ भन्ने कुरा बताएन् । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेले यस्ता कार्यक्रम आयोजना हुँदा हामी उद्योगीहरुलाई हित हुने कुराको जानकारी गराए भने अर्का केन्द्रीय सदस्य नवराज तिमिल्सिनाले कार्यक्रम अत्यन्तै राम्रो भएको तर समय छोटो भएको कुरा बताए । काठमाडौंका निर्वतमान जिल्ला अध्यक्ष अजित बजगाईले कार्यक्रम राम्रो हो तर यसलाई सबै स्थानमा पुर्याउन आवश्यक भएको बताए ।