दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बासबारी क्लबलाई प्रुडेन्सियल ईन्स्योरेन्सको मुख्य प्रायोजन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते, बिहीबार ७:११

काठमाडौं, फागुन २८ गते ।
काठमाडौं। सहिद स्मारक बी डिभिजन लिग क्लब बासबारीले आईजीआई प्रुडेन्सियल ईन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रुपमा भित्राएको छ ।
क्लबका अध्यक्ष प्रेम थापाकाअनुसार प्रुडेन्सियलले मुख्य प्रायोजनस्वरुप बासबारी क्लबलाई १० लाख रुपिया दिने सम्झौता गरेको हो । जसअनुसार क्लबले नगद ७ लाख र ३ लाख बराबरको खेल सामाग्री पाउनेछ । काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्षसमेत रहेका थापा र प्रुडेन्सियल ईन्स्योरेन्सका चिफ मार्केटिंग म्यानेजर श्रीराम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
त्यस्तै, क्लबलाई आईएमई ग्रुपले सह प्रायोजन गर्ने भएको छ । उसलाई आईएमईले ३ लाख दिनेछ । क्बलाई काठमाडौं महानगरपालिका वडा ३ ले पनि ५ लाख दिएको छ । अध्यक्ष थापाका अनुसार यो सिजनको लागि ५० लाख बढी खर्च हुनेछ ।
बासबारीले एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज वुधबार सरस्वती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै यो सिजनको बी डिभिजन लिग सुरुआत गर्दैछ । निरन विष्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्लबले ए डिभिजनमा उक्लिने लक्ष्य राखेको छ । बासबारी पछिल्लो सिजन शीर्ष चारमा रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु