फागुन – २८, काठमाडौं । रोटरी क्लब अफ कपनको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । क्लबले होलीको पूर्व सन्ध्यामा क्लबका सदस्यहरु बिच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो।
कार्यक्रममा ल्कबकी निवर्तमान अध्यक्ष सुचिता काफ्लेले सबैलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेकी थिइन् । क्लबका इलेक्ट प्रेसिडेन्ट प्रल्हाद दाहालले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि सचेतना बारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कुरा बताए । क्लबका सल्लाहकार मनोज कँडेलले यसरी साथीभाई विच होली मिलन कार्यक्रम मनाएकोमा क्लबलाई धन्यवाद दिंदै नेपाली परम्परा एवं मौलिकता बारे जानकारी गराए ।
कलबका सचीव दिपकचन्द्र गौतमले हाम्रो क्लबको प्राथमिकता हाम्रा रितिरिवाज र परम्परा बचाउनेमा हुने कुरा बताए । कार्यक्रमको अन्त्यमा क्लबकी अध्यक्ष नियुक्ति शेर्पाले आगामी दिनमा क्लबले गर्ने कार्यक्रम बारे जानकारी गराउँदै सबैलाई होलिको शुभकामना व्यक्त गरिन ।
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाइने गरिन्छ ।