काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउस र कर्पोरेट बिजनेश म्यागजिन तथा कर्पोरेट खबर डटकमले सामूहिक रुपमा होली पर्व मनाएको छ ।
काठमाडौंको चाबहिलस्थित कर्पोरेट खबरको केन्द्रीय कार्यालय तथा फेसियल हाउसको कर्पोरेट कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी होली मनाइएको हो ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीको प्रमुख आतिथ्यतामा आयोजित होली कार्यक्रममा कर्पोरेट खबरका अध्यक्ष तथा प्रधान सम्पादक उज्वलजंग शाह, फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा, अधिवक्ता आकृति रायमाझीको विशेष सहभागिता थियो ।
रायमाझीले होलिका दहन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए /
हिरण्यकश्यप की बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू दिदी हुन् । उनीले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन्। यहि वरदानको फाइदा उठाउदै उनीले जलाएर मार्नको लागि आफु नग्न भएर प्रह्लादलाई आफ्नो काखमा लिएर आगोमा बसेकी थिइन् । यस क्रममा विष्णुले गर्दा प्रह्लादलाई केही भएन तर होलिका चाहिँ जलेर मरिन । यही दिनको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन ।
कार्यक्रममा कर्पोरेट खबर र फेसियल हाउसका काठमाडौं उपत्यका केन्द्रित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।होली रङ्गिन पर्व हो । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाड आज पहाडी जिल्लामा मनाइएको छ भने भोलि नेपालको तराइ क्षेत्रमा मनाइँदै छ ।