एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्नINCS साउदी अरबियाको प्रथम औपचारिक बैठक सम्पन्न, थापाको संयोजकत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति गठन

कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २ गते, शनिबार १६:४१

जिरौना/कौशिक गोत्रीय (अलिना) भट्ट समाजको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कौशिक गोत्रीय (अलिना) भट्ट समाजका अध्यक्ष टंकप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले समाजले विभिन्न स्थानहरुमा यत्रतत्र छरिएर रहेका कुलभित्रका आफ्ना दाजुभाईहरुलाई एकै थलोमा ल्याई जोड्ने कार्य गरेकोले समाजको कार्य प्रति प्रशंसा गर्नुभयो ।
साधारणसभाको अवसरमा विशिष्ट अतिथि भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले समाजले गरेका गतिविधि र यसले आगामि दिनहरुमा अझै परिस्कृत हुँदै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
साधारणसभाको अवसरमा कोषाध्यक्ष प्रेमप्रसाद भट्टको रिक्त रहेको पदमा रामप्रसाद भट्टलाई, कार्यसमिति सदस्य गोमा भट्टको रिक्त पदमा शान्ता भट्टलाई, सल्लाहकार समितिको छविलाल भट्टको रिक्त पदमा लोकनाथ भट्ट (कृष्ण)लाई र लेखा समिति सदस्य गोकुल प्रसाद भट्टको रिक्त पदमा मिना धिताल भट्टलाई चयन गर्ने र समितिको बैठकले लेखा समिति सदस्य पदमा चयन हुनु भएका लोकनाथ भट्ट (कृष्ण)लाई सल्लाहकार समितिको संयोजक पदमा चयन गर्ने निर्णय समेत गरेको थियो ।
साधारणसभाको अवसरमा समितिका बरिष्ठ उपाध्यक्ष राजु भट्टको संयोजकत्वमा केशव भट्ट र थिर प्रसाद भट्ट (केशव) सदस्य रहने गरी क्यालेण्डर प्रकाशन समिति, सल्लाहकार समितिका संयोजक लोकनाथ भट्ट (कृष्ण) को संयोजकत्वमा सचिव सीताराम भट्ट, कोषाध्यक्ष रामप्रसाद भट्ट सदस्य रहने गरी भ्रमण उपसमिति समिति, कार्यसमिति सदस्य शोभा भट्टको संयोजक सह–सचिव कमला भट्ट र साधारण सदस्य पुनम भट्ट सदस्य रहने गरी स्वास्थ्य शिविर उपसमिति गठन गरी कार्य अगाडि बढाउने निर्णय गरियो ।
त्यस्तै साधारणसभाको अवसरमा समितिले प्रत्येक तीन–तीन महिनामा गर्दै आएको बैठकलाई एक–एक महिनामा महिनाको पहिलो शनिबार अध्यक्षको निवासमा गर्ने र मासिक रुपमा उठाउँदै आइएको मासिक रकमलाई एकसय रुपैयाँबाट बढाएर दुईसय रुपैयाँ गर्ने निर्णय समेत गरियो ।
कौशिक गोत्रीय (अलिना) भट्ट समाजका सचिव सीताराम भट्टले सञ्चालन गर्नुभएको कार्यक्रमलाई कौशिक गोत्रीय (अलिना) भट्ट समाजका बरिष्ठ उपाध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु