तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २ गते, शनिबार १८:०९

काठमाडौँ, चैत २ गते । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे । नेपालकै मिलन कुलुङ राईले २८ः१५ः२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ः४७ः०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाए ।
एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सकेन्ड समय लगार च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ सकेन्ड र निरोज भट्टले १४ः१२ः३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे । एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ः५८ः०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ः१५ः०५ सकेन्ड समय लगातार दोस्रो भइन् , फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गर्नुभयो ।
। एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।
५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सकेन्ड) तेस्रो भए । ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ०७ः४६ः०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ०८ः१६ः०६ सकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सकेन्ड समय लगाए । यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४ः०३ः२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सकेन्ड) तेस्रो भए । ३० किमी महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सकेम्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन् कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । कथेरिनाले निर्धारीत दुरी ०८:२४:०६ सकेन्डमा पूरा गरिन् । यसैगरी रीन्छेले ०८ः५३:०० सकेन्ड समय लगाए । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने ।

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दृुरी पुरा गरे यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए । अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् । सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु