एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्नINCS साउदी अरबियाको प्रथम औपचारिक बैठक सम्पन्न, थापाको संयोजकत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति गठन

बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालको साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २ गते, शनिबार २१:११

२ चैत २०८१ शर्मिला विश्वकर्मा, ललितपुर

बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालको तेस्रो साधारण सभा चैत २ गते शनिवार अनल ज्योति बोर्डिङ स्कुल ललितपुरमा सम्पन्न भएको छ । सो साधारण सभा कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि तथा बिजनेस एण्ड प्रोफेसनल वेमेनका सह-सचिव सुवर्ण प्रजापति र अन्य अतिथिहरूद्वारा गमलामा पानी राखेर गर्नु भएको थियो ।
बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालको तेस्रो साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं बिजनेस एण्ड प्रोफेसनल वेमेनका सह-सचिव सुवर्ण प्रजापतिले यस संस्थाको प्रगतिको कामना गर्दै महिलाहरूको आर्थिक उपार्जनका लागि सबैले साथ सहयोग दिनु पर्ने र महिलाहरूलाई आर्थिक उपार्जनका साथै हरेक पेसाहरूमा अगाडी बढ्नका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । साथै उहाँले उद्यमी महिलाहरूले उत्पादन गरेका सामग्रीहरूको बजार व्यवस्थापनका लागि पनि सरोकारवाला निकायहरूको ध्यान केन्द्रित हुनु पर्ने भन्दै महिलाहरूलाई अगाडी बढाउनका लागि आर्थिक रूपमा सम्पन्न बनाउनु पर्ने कुरामा जोड दिँदै यस संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

त्यसै गरी बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालकी अध्यक्ष तथा समाज सेवी ज्योति के.सी.ले महिलाहरूले आफ्नो व्यक्तित्व विकास गर्नका लागि आर्थिक रूपमा सम्पन्न हुनु पर्ने, यस संस्थाले पनि महिलाहरूको आर्थिक विकास तथा नेतृत्व विकास र अन्य सवालमा काम गर्दै आएको र आगामी दिनमा पनि महिलाहरूको लागि काम गर्ने बताउनु भयो । साथै उहाँले यस सुनाकोठी च्याप्टरमा ६९ जना सदस्यहरू रहेका र संस्था मार्फत विभिन्न कठिनाइको सामना गर्न बाध्य भएका महिलाहरूका लागि केही न केही रूपमा सहयोग गर्दै आएको भन्दै यस कार्यक्रममा सहयोग गर्ने सबै जना सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
यस कार्यक्रममा यसै च्याप्टरका निवर्तमान अध्यक्ष प्रतिमाया पुनले महिलाहरूले आफ्नो व्यवसाय बढाउनका लागि विभिन्न व्यवसाय तथा उद्योग तर्फ लागेको र यस कार्यले उनीहरूको आर्थिक स्तरमा उन्नति पनि हुँदै आएको बताउनु भयो । त्यसै गरी उहाँले महिला उद्मीहरुको जीवन स्तर उकास्न र उनीहरूको कार्यलाई प्रोत्साहन गर्नका लागि अभिप्रेरित गर्नु पर्ने भन्दै महिलाहरूको आर्थिक स्तर बढाउन महिला उद्मीहरुलाई सहयोग गर्नु पर्ने भन्दै बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालको साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
यस कार्यक्रममा बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालका सह-सचिव कमला शाक्य सृष्टिले उपस्थित सबैलाई स्वागत गर्दै सबै महिलाहरूलाई एकले अर्कालाई आदर तथा सम्मान गर्नु पर्ने र उनीहरूले सञ्चालन गरेका उद्योग व्यवसाहरुको प्रवर्धनका लागि सबैले साथ सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बिजनेस एण्ड प्रोफेसनल वेमेन काठमाडौँ च्याप्टर अध्यक्ष अञ्जना ताम्राकारले महिलाहरूले उत्पादन गरेका सामग्रीहरूलाई यस्ता विभिन्न कार्यक्रमहरूमा प्रदर्शन गरेर प्रचार प्रसार गर्नु पर्ने भन्दै १५ ‍औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी सम्बन्धीको कविता पनि वाचन गर्दै यस संस्थाको प्रगतिको कामना गर्नु भएको थियो ।
बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालको तेस्रो साधारण सभामा कोषाध्यक्ष उमा श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन र सचिव सुनकेशरी मालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा यस च्याप्टरका सदस्यहरूलाई सदस्यता प्रमाणपत्र पनि प्रदान गरिएको थियो भने बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालकी अध्यक्ष ज्योति के.सी.ले प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो स्वरूप विभिन्न फूलका बिरुवा प्रदान गर्नु भयो ।
बिजनेस एण्ड प्रोफेसनल वेमेन सुनाकोठी नेपालको साधारण सभाको अवसरमा अनल ज्योति बोर्डिङ स्कुलमा आयोजना गरिएको कार्यक्रममा महिला उद्मीहरुले उत्पादन गरेका विभिन्न सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु