एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

दक्षिणकाली र तारकेश्वरको विजयी सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २ गते, शनिबार २१:२०

काठमाडौं । काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डीसीसी कप’मा दक्षिणकाली र तारकेश्वर नगरपालिकाले विजयी सुरुवात गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको खेलमा दक्षिणकालीले नागार्जुन नगरपालिकालाई १–० गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिणकालीलाई जित दिलाउन नवीन कर्माचार्यले निर्णायक गोल गरेका थिए । उनले खेलको ५४औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । नवीन नै खेलको प्लेयर अफ द म्याच चुनिए । उनलाई दक्षिणकाली नगरपालिकाकी उपप्रमुख वसन्ती डंगोलले पुरस्कार प्रदान गरेकी थिइन् ।
काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा शनिबार सुरु भएको प्रतियोगिताको शनिबार नै भएको अर्को खेलमा तारकेश्वर नगरपालिकाले जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा तारकेश्वरले बुढानीलकण्ठ नगरपालिकालाई १–० गोलले पराजित ग¥यो । तारकेश्वरलाई जित दिलाउन विवश गुरुङले १२औं मिनेटमा निर्णायक गोल गरेका थिए । विवश नै खेलको प्लेयर अफ म्याच पनि घोषित भए । उनलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पुरस्कार प्रदान गरेका थिए ।
चैत ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संविधानसभा सदस्य ध्यानगोविन्द रञ्जितले उद्घाटन गरेका थिए । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु