एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

त्रिशुली अल्ट्रा चैत २३ मा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार ०६:०३

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिुशली अल्ट्रा रेस हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको मुख्य सहयोगमा महासंघले चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको हो ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानीय गरी ३ सय खेलाडीको सहभागिता रहने जानकारी दिए ।
महिला÷पुरुष गरी दुई विधामा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नुवकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरवार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ती कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशुली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देबीघाट पुल हुँदै पवित्र तिर्थ स्थल देबीघाट बजारमा पुगेर समाप्त हुने बताईएको छ ।
ईच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिङ महासंघ सातदोबाटो, नुवकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथ क्लब, होटल जनक, त्रिपुरेश्वर र अनलाईनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।
कार्यक्रमलाई बेलकोटगढी नगरपालिका, बिदुर नगरपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, उत्तरगाया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको प्रतियोगिता संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी गराए ।
प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा नीजि क्षेत्रको सहयोगमा खर्च जुटाउने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रबिन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु