एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

मिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार ०६:१०

काठमाडौं, चैत ३ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताउनुभएको छ । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औ एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदकका लागि सन्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो । प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ ।
कार्यक्रमा विशेष प्रशिक्षणका प्रशिक्षकहरुले खेलाडीमा खेल क्षमता बृद्धि हुदै गएको प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले समिक्षा बैठकले आगामी दिनमा प्रशिणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो ।
हाल विशेष प्रशिक्षणमा ११ खेलका ९९ जना खेलाडी विशेष प्रशिक्षणमा छन् । ४६ जना महिला र ५३ जना पुरुष खेलाडीहरुलाई २२ जना प्रशिक्षकहरुले प्रशिक्षण दिईरहेको निर्देशक दिपक विष्टले जानकारी दिएका छन् ।
विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, जुडो, पुरुष÷महिला कबड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष प्रशिक्षणमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु