एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

स्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ४ गते, सोमबार १८:५२

काठमाडौं, चैत्र ४ । नेकपा एमालेनिकट स्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालयको बैठक हालै सम्पन्न भएको छ ।
संघका महासचिव शम्भु बरालका अनुसार सचिवालय बैठकले संघको हिजोका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे पनि छलफल गरेको बताए । संघको केन्द्रीय कार्यालय राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा संघका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा र संघका पूर्वअध्यक्षसमेत रहेका इन्चार्ज हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धेरैजसोले कर्मचारीमाथि भइरहेको विभेदका साथै सरकारले बनाएको र बनाउँदै गरेको नीति, नियमको बारेमा धारणा राखेका थिए । ‘हामीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएकामा हामीलाई चिन्ता लागेको छ, संस्थागत रुपमा नै हाम्रो हकहितका लागि आवाज उठाउनुपर्ने बेला भएको छ ’ अध्यक्ष शर्माले भने । २०८० साल माघका यो समिति निर्वाचित भएर आएको हो । ‘हामीलाई परेका समस्याको बारेमा कहिले सामूहिक रुपमा त कहिले सरोकारवाला व्यक्ति भेट्दा राखिरहेका छौं, कर्मचारीलाई उत्साहित गर्ने प्रकारका कार्यक्रम ल्याउँदा सरकार बलियो हुन्छ भनें कर्मचारी पनि उत्प्रेरित हुन्छन्’ महासचिव बरालले भने ।
सचिवालय बैठकमा नै संघले दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा सञ्चालन गरेको उपहार कुपनको पुरस्कार पनि वितरण गरिएको छ । गत पौष १५ गते पत्रकारको उपस्थितिमा ‘कम्प्युटराइज्ड’ माध्यमबाट छरितो विधिबाट बिजेता घोषणा गरिएको थियो । उपहार कुपन नतिजालाई ७ वर्गमा विभाजन गरिएको महासचिव बरालले बताए ।
१५ हजार थान कुपन वितरण भएको उपहार कुपन कार्यक्रमकी संयोजक तथा संस्थाकी उपाध्यक्ष जानुका श्रेष्ठले बताइन् । प्रथम बिजेताले इलेक्ट्रिक स्कुटर, द्धितीय हुने २ जनाले ल्यापटप, तेस्रो हुने तीन जनाले स्मार्ट फोन, चौथो हुने चार जनाले जुस मिक्स्चर, पाँचौं हुने पाँच जनाले भ्याकुम क्लिनर, छैंटो हुने ६ जनाले इलेक्ट्रिक आइरन उपहार पाएका छन् । त्यस्तै सातौं बिजेताको रुपमा सान्त्वनास्वरुप ३० जनाले इलेक्ट्रिक जग उपहार पाएका छन् ।
‘राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, संघीयतामा अधिकारसम्पन्न संवैधानिक स्थानीय सरकार’ भन्ने मूलनाराका साथ संघको स्थापना भएको हो । संस्थाले आफूसँग सरोकार रहेको विविध विषयमा पटक पटक अन्तरक्रिया तथा छलफलसमेत गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु