अक्कल तामाङ न्युयोर्क – अमेरिकामा बसोबास गर्ने तामाङहरुको छाता संगठन तामाङ सोसाइटी अफ अमेरिकाको बाहाैं अधिवेशनले २०२५ देखी २०२७ कार्यकालको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचित भएका छन् ।
अमेरिकको न्युयोर्क शहरमा सम्पन्न भएको मतदानमा निर्वाचित तामाङले प्रतिद्वन्द्वी शम्सेर योन्जन भन्दा १६ मत बढी ल्याएर निर्वाचित भएका थिए । मतदानमा ५०१ जनाले मतदान गरेका थिए । निर्वाचित भएपछि तामाङले आफूूले अघि सारेको प्रत्येक बुँदालाइ आत्मसात गर्ने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्षमा तामाङसंगै बरिस्ठ उपाध्यक्षमा सन्त बहादुर तामाङ,उपाध्यक्ष दुध राज तामाङ र महिला उपाध्यक्षमा उमा तामाङ , महासचिवमा चादनी लामा,सचिवमा राजु लामा,महिला सचिव सोनिया मोक्तान,कोषाध्यक्ष विष्णु तामाङ ,सहकोषाध्यक्ष निरु तारा योन्जन सदस्य सानु मोक्तान निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा निर्वाचन प्रमुखको भुमिका बिआर लामा,निर्वाचन अधिकृत सानो माया तामाङ र राजु तामाङले गरेका थिए ।