एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ५ गते, मंगलवार १९:२१

काठमाडौं, चैत ५ गते । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गरे ।
सोही अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको डेकिकेटेड वेभसाइट सार्वजनिक गरेका थिए । राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । राष्ट्रिय खेलकुदको लोगो र मस्कटलगायत विषयवस्तुलाई समेटी तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरियो ।
लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र (रेड पाण्डा) लाई मस्कटका रुपमा प्रयोग गरिएको छ । लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई लक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवाद दिए । उनले राष्ट्रिय खेल संघलाई खेलाडी र खेलको हितलाई केन्द्र विन्दुमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भब्य बनाउन सबै एक जुट हुनु पर्नेमा जोड दिए ।
उपाध्यक्ष आचार्यले राष्ट्रिय खेलकुदलाई भब्य रुपमा सम्पन्न गर्न आतुर रहेको बताउदै राष्ट्रिय खेलकुद प्रतिभा खोजीको माध्यम पनि भएको बताए ।
सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदमा सहभागी हुन खेलाडी उत्साहित रहेकाले खेलाडीले खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला सबै एक ढिक्का हुने पर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु