एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ५ गते, मंगलवार १९:४८

पोखरा चैत्र ५ गते । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोलि गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको थियो तर, गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि विजेता बन्न सफल भयो । फाइनल खेलमा आर्मीका निर्मलबाबू श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए ।
उपाधिसंगै आर्मीले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथमा नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै एपीएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । उनले प्रतियोगिता अवधिभर कुल ५३ गोल गरे । विधागत उत्कृष्ट तिनै जनाले समान पाँच–पाँच हजार रुपैयाँ संगै ट्रफी हात पारे ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले संसदिय दलका नेता खगराज अधिकारीले राजनितिकर्मीहरुले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए । खेलाडीहरुले हरेक परिस्थितिमा कसरी खेल्ने र कस्तो खेल्ने भन्ने कुराको प्रदर्शनी संगै धैर्यता राख्ने हुँदा हरेक नेताले उनीहरुबाट ति कुराहरु सिके राजनिति र देश विकासका लागि नयाँपन दिन सक्ने उनको भनाइ थियो ।
मंगलबार नै फाइनल अघि भएको सेमिफाइनल तथा तेस्रो स्थानका खेल भएका थिए । पहिलो सेमीफाइनलमा गण्डकीले एपीएफलाई ४०–३३ र आर्मीले कोशीलाई ५५–३२ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
यस्तै तेस्रो स्थानको खेलमा एपीएफले कोशीलाई ५५–२३ ले हराएको थियो ।
यहि चैत्र ३ गतेदेखी संचालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु