एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

Fonepay द्वारा “Digi-Smart Nepal” अभियान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ७ गते, बिहीबार ०६:३३

काठमाडौं, नेपाल – Fonepay ले Global Money Week 2025 को अवसरमा “Fonepay Digi-Smart Nepal” अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच योग्य बनाउनु हो ।
अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्ने छ ।

Fonepay Digi-Smart Nepal अभियान अन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् |
यस्ता कार्यक्रमहरूमा कलेजहरूमा स्क्रिप्ट ड्रामा, डिजिटल सचेतना क्विज प्रतियोगिता, सामाजिक प्रयोग (Social Experiment), वित्तीय विज्ञहरूसँग Q&A आदि पर्दछन् | यी कार्यक्रममार्फत डिजिटल भुक्तानीको सहजता र सुरक्षाबारे जनचेतना फैलाइनेछ ।
त्यसैगरी यस अवधिभरि डिजिटल माध्यमलाई व्यापक रूपमा अपनाई डिजिटल भुक्तानीलाई प्राथमिकता दिने व्यवसायीहरूलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ ।
यसका साथै Fonepay ले Share & Win Contest पनि आयोजना गर्ने छ, जसमा सहभागी भई एक भाग्यशाली विजेताले रु. ५०,००० जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस प्रतियोगितामा भाग लिन डिजिटल भुक्तानीले आफ्नो जनजीवनलाई सहज बनाएको कुनै अनुभव साझा गरि Facebook, Instagram, वा TikTok मा भिडियो पोष्ट गर्नुपर्ने छ ।
Digi-Smart Nepal अभियानमार्फत Fonepay ले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ । अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ। यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा सुरक्षित कारोबार सुनिश्चित गर्न हामी सबै सचेत रहनुपर्छ । सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ। पछिल्लो समयमा डिजिटल ठगीका घटना बढ्दै गइरहेका छन्, त्यसैले सुरक्षित डिजिटल कारोबारका लागि सतर्कता अपनाउनु जरुरी छ | आफ्ना व्यक्तिगत वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्, र सुरक्षित डिजिटल माध्यमहरूको प्रयोग गर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु