एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ७ गते, बिहीबार ०९:३९

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिब १,००० मेगावाट रहेको जानकारी दिए।

उनका अनुसार उद्योग क्षेत्रमा लोडसेडिङको चुनौती रहे पनि घरायसी उपभोक्तालाई भने नियमित आपूर्ति गर्न सरकारले आवश्यक कदम चाल्नेछ।

उनले वर्षायाममा उत्पादित कुल ३,५०० मेगावाटमध्ये ७०० मेगावाट मात्र नेपाल विद्युत प्राधिकरण ९नेपाल सरकार० ले उत्पादन गर्ने र बाँकी विद्युत निजी क्षेत्रबाट आउने जानकारी गराए।

मन्त्री खड्काले ‘उद्योगमा आज पनि १२ घण्टासम्म लोडसेडिङ छ’ भन्ने कुरा बैठकमा उठेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि लोडसेडिङ नहुने प्रतिबद्धता जनाए।

उनले कुलमान घिसिङको कार्यकालमा सार्वजनिक भएको प्राधिकरणको नाफासम्बन्धी विवरणबारे पनि पुनः अध्ययन आवश्यक रहेको धारणा राखे। चमेलिया जलविद्युत आयोजनामा काम गरेको संस्थालाई भुक्तानी नहुँदा प्राधिकरणको बैंक खाता रोक्का भएको उनले बताए।

मन्त्रालयलाई यसबारे समयमै जानकारी नदिइएको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अध्ययन र समन्वय भइरहेको बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु