एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ७ गते, बिहीबार १७:३३

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको अनुसुचिहरु उपर छलफल गरी पारित गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।
त्यसै गरीसभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/ गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ । सभामा शेयरधनीले उठाएको प्रश्नमाथि संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जवाफ दिदै भोलीका दिनमा शेयरधनीलाई उच्च प्रतिफल दिने गरी कम्पनीका संचालक र व्यवस्थापन अघि बढेको बताएका छन् । त्यसै गरी सभालाई माननीय सांसद जुली कुमारी महतोले संस्थाको उन्नती र प्रगति कामनासहित शुभकामना व्यक्त गरेकी थिइन् । सभाका प्रमुख अथिति तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था एक आपसमा सहकार्य गरी भोलीका दिनमा संस्थालाई अगाडि बढाउन सुझाव दिइएकी छिन् ।सभामा शेयरधनीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु