दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आर्मी र एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा,गुरुङद्वारा सफलताको शुभकामना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ९ गते, शनिबार ६:२६

भरतपुर,त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले चार गोल गरिन् । अरु दुई गोल बिमला र हिमा चौधरीले गरे ।
रौतहटका लागि पिउली रायले दुई तथा सेनु परियारले एक गोल गरे । चार गोल गरेकी आर्मीकी चन्द्रा प्लेयर अफ द म्याच भइन् । उनले १० हजार प्राप्त गरिन ।

उक्त खेलको प्रमुख अतिथी एनआरएनए आईसिसिका उपमहासचिव प्रविन गुरुङले उक्त राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे । चितवन स्थायी घर भइ कतारलाई कर्मभुमी बनाएर ब्याबसाय र सामाजिक कार्य गर्दै आएका गुरुङले महिला फुटबललाई सधै सहयोग गर्ने बताए । गुरुङले नेपालको खेलाडीहरुले घरको खाना खएर यत्तिको खेलेकोमा प्रम्शम्सा गरे ।

उक्त राष्ट्रिय महिला फुटबल प्रतियोगिताको भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहाल लगाएतले सफलताको शुभकामना व्यक्त गरिन ।
आर्मीले अब उपाधिका लागि एपिएफ एफसी काठमाडौँको सामना गर्नेछ । एपिएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर-२४ विरुद्ध ११-० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल खेल ९ गते शनिबार हुने छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो टोली उपाधि जित्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले आर्मीलाई कमजोर नआँक्ने तर उपाधि जित्न मैदान उत्रिने बताए ।

उनले आर्मीविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए । राष्ट्रिय टिमका अधिकांश खेलाडी एपिएफमा हुनु बलियो पक्ष भएको उनले बताए ।

कप्तान अनिता बस्नेतले एपिएफले आफ्नै शैलीको खेल प्रस्तुत गर्ने बताइन् । उनले पनि विपक्षीलाई कमजोर नआँक्ने बताइन् ।

आर्मीका प्रशिक्षक कृष्ण सिंह ठगुन्नाले यस पटक एपिएफलाई हराएर उपाधि जित्ने विश्वास रहेको बताए । फाइनलमा केही परिवर्तन हुन सक्ने उनले संकेत गरे ।

आर्मीविरुद्ध यसअघिका खेलमा हार बेहोरे पनि यस पटक जित्ने लक्ष्य रहेको बताए । कप्तान सुनिता चौधरीले आर्मीको लक्ष्य उपाधि नै रहेको बताए ।

आर्मीलाई एपिएफविरुद्ध बदला लिने अवसर रहेको छ । फागुन २४ गते भएको इलाम गोल्डकपको फाइनलमा एपिएफले आर्मीलाई पराजित गरेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु