गृष्मा अधिकारी
तिमी हाँस, आफैँ जल्न देऊ, तिम्रो खुसीमा जल्नेहरूलाई,
पिडा लुकाएर हिडने हो र? अब आँसु सर्न देऊ अलिकति उनीहरूलाई।
घाम डुबे पछि त अवस्य बिहानी आउँछ, अँध्यारो कहिलेसम्म रहन्छ र?
दुःखको दिन सकिएर जान्छ, यो यात्रा कहाँ अडिन्छ र?
छायाँहरूलाई प्रकाश बनाऊ,आफ्नै आत्मालाई अबल गर,
तिम्रो कथा तिमी मात्र हौ, तिम्रो भाग अरू कस्ले भोग्या छ र?