एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

पाँचौं नेपाल ब्राइडल मेकअप प्रतियोगिता २०८१ सम्पन्न, सर्लाहीकी सरु श्रेष्ठ प्रथम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १० गते, आईतवार ११:२७

काठमाडौं, ९ चैत – पाँचौं नेपाल ब्राइडल मेकअप प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा सर्लाहीकी सरु श्रेष्ठ प्रथम घोषित भएकी छन्, भने फस्ट रनरअप रोनिका तामाङ र सेकेन्ड रनरअप कृपा तामाङ बनेका छन्।

गोङ्गबु ब्युटी पार्लर ट्रेनिङ सेन्टर र मङ्गलादेवी फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता गोङ्गबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष ज्ञानि महर्जन प्रजापति ले गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष तथा समाजसेवी सृजना सिंह रहिन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री माननीय हरि प्रभा खड्की श्रेष्ठ विशिष्ट अतिथि थिइन्। त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बीसी र उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रमुख स्वकीय सचिव इन्द्रमान सिंह सुवाल विशेष अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर निश्चल बारही, सौन्दर्यकला व्यवसायी संघ ललितपुरकी उपाध्यक्ष सीता अर्याल, र सौन्दर्यकला व्यवसायी संघ काठमाडौंकी कोषाध्यक्ष सुमा चित्रकार रहेका थिए।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्की, सचिव उत्तम अधिकारी, विभिन्न प्रतिष्ठानका प्रतिनिधिहरू तथा वरिष्ठ ब्युटिसियनहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रतियोगिताका विजेताहरूलाई कलर इसेन्स, Coswiz, र Silkhair कम्पनी द्वारा आकर्षक गिफ्ट ह्याम्पर तथा नगद पुरस्कार प्रदान गरियो।

कार्यक्रममा शिक्षा महर्जनको नेतृत्वमा नेवा फ्युजन ग्रुप को प्रस्तुति तथा सुसिला महतको नृत्य आकर्षणको केन्द्र बने। सौन्दर्यकला क्षेत्रमा संलग्न व्यवसायी तथा नवप्रतिभाहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सञ्चालन कार्यक्रम सञ्चालक, गायिका तथा सञ्चारकर्मी विष्णुमाया पौडेल ले गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु