एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

“कृषि मन्त्रीले सेवन गरे प्रभात ब्राण्डको मोही”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १२ गते, मंगलवार ११:५१

चैत्र – १२, नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रले आयोजना गरेको एग्रो इन्भेस्टमेन्ट समिट सेरिज दुईको उद्घाटन समारोहमा कृषि मन्त्री माननीय रामनाथ अथिकारी प्रमुख अतिथि थिए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कृषि मन्त्रालयकी सह-सचिव सबनम सिवाकोटी विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत,कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरु, नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्ती, विभिन्न बस्तुगत संघका अध्यक्षहरु, कृषिसँग सम्बन्धित निकायका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियान स्वरुप सो कार्यक्रमको उद्घाटन समारोहमा उपस्थित सबैलाई मोही सेवन गराइएको कुरा नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रल्हाद दाहालले जानकारी गराए । कार्यक्रममा कृषि मन्त्री अधिकारीले खुशी हुँदै मोही सेवन गरेको कुरा कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले जानकारी गराए । कार्यक्रममा विशेष अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कृषि मन्त्रालयकी सह-सचिव सबनम सिवाकोटीले अहिलेको आवश्यकता भनेकै यस्तै उत्पादन हो भन्दै मोही सेवन गरेको कुरा एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले बताए । यसरी देशका विशिष्ट ब्याक्तित्वहरु माननीय मन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, मन्त्रालयका सह-सचिवलाई नवप्रभात डेरी उद्योग ललितपुरले उत्पादन गरेको मोही सेवन गर्दा अत्यन्तै हौसला त उत्साह मिलेको कुरा डेरीका कार्यकारी निर्देशक सुरेश तिमल्सिनाले बताए । नवप्रभात डेरी उद्योगले बिगत लामो समयदेखि दुध, दहि, घ्यू, बटर, पनिर आदि उत्पादन गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु