एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

न्यूजिल्यान्डमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम औपचारिक बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १४ गते, बिहीबार १७:०९

न्युजिल्यान्डको क्राइस्टचर्चस्थित अर्जे भाजे इन्डियन/नेपाली रेस्टुरेन्टमा २०२५ मार्च २५ गते मंगलवारका दिन अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (Nepalese Chef Society New Zealand – INCS) को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा न्युजिल्यान्डका विभिन्न राज्यहरूबाट प्रत्यक्ष तथा अनलाइन भर्चुअल माध्यमबाट सहभागिता जनाइएको थियो।

केन्द्रीय संयोजक अरुण अधिकारीको संयोजनमा सम्पन्न बैठकमा युएईस्थित नेपालिज सेफ सोसाइटी (UAE NCS) का नवनियुक्त अध्यक्ष ह्युमन प्रसाद लिम्बु, नेपाल च्याप्टरका अध्यक्ष एलबी कौशल लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा विभिन्न छलफल तथा अन्तरक्रिया गर्दै प्रथम अधिवेशन सम्पन्न गरियो।

न्युजिल्यान्डका विभिन्न राज्यहरूको प्रतिनिधित्व हुने गरी सेफ कृष्णहरि सापकोटाको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले विश्वभर रहेका नेपाली सेफहरूलाई एकताबद्ध गर्दै नेपाली खानाको प्रचार-प्रसार, खानाको गुणस्तर उन्नति तथा नेपाली सेफहरूको व्यक्तित्व विकासमा संस्थागत रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ कार्यसमिति २०२५–२०२७ को कार्यकालका लागि निम्नानुसार गठन गरिएको छ:

अध्यक्ष – कृष्णहरि सापकोटा
वरिष्ठ उपाध्यक्ष – सुभाष खड्का
उपाध्यक्ष – राजन श्रेष्ठ
उपाध्यक्ष – अनिल पन्थ
महासचिव – सुमित रिजाल
सचिव – लिम शुदर्शन केसी
कोषाध्यक्ष – मोहन अर्याल
सह-कोषाध्यक्ष – सन्तोष ढुंगाना

वरिष्ठ सल्लाहकार – रामराज बोली

सदस्यहरूमा कुमार गोपाली, प्रकाश खरेल, विनोद कडेल, राम खरेल, ढाबनाथ खरेल, प्रकाश केसी, गणेश कंडेल, राम तामाङ, वैकुण्ठ गैरे, बसन्त सापकोटा, हरि कडेल, हरि सापकोटा, खिम बहादुर केसी, आनन्द चालिसे, खड्का बहादुर बिष्ट, भीम खरेल, खिम चन्द्र अर्याल रहेका छन्।

नयाँ कार्यसमितिलाई अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय संयोजक अरुण अधिकारीले हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु