दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १८ गते, सोमबार ५:१७

काठमाडौं – नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो। यस गीतका गीतकार ओम लाल “अकेला” हुन्, जसले प्रेममा रहेका मानिसहरूको भावना अभिव्यक्त गरेका छन्।

गीतलाई आकर्षक बनाउने कार्य एरेञ्जर दिपेश सिंहले गरेका छन्। यसको भिडियो अमेरिकाको क्यालिफोर्नियामा रहेको Clove and Hoof Restaurant को सहकार्यमा निर्माण गरिएको हो। भिडियोका निर्माता कल्यान महत हुन्। भिडियोमा बिना राउत र राजेश भट्टराईले अभिनय गरेका छन्, जसले प्रेम र भावनात्मक संवेदनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

भिडियोको छायांकन बलकुमार मगर र गोपाल मगरले गरेका छन् भने सम्पादन बलकुमार मगर स्वयंले गरेका छन्। निर्देशनको जिम्मेवारी कपिल कार्कीले सम्हालेका छन्, जसले कथा र दृश्यांकनलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन्। ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडियोलाई दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु