तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २६ गते, मंगलवार १८:५९

काठमाडौं – नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुहुने भएको छ।

नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको यो ऐतिहासिक कार्यक्रममा विश्वभर रहेका नेपाली सेफहरू एकै ठाउँमा भेला भई नेपाली खानाको प्रवर्द्धन, गुणस्तर सुधार र सेफहरूको क्षमता विकासमा योगदान दिने उद्देश्य राखिएको छ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेसँग भएको भेटमा सम्मेलनका केन्द्रीय संयोजक अरुण अधिकारीले मन्त्रीलाई कार्यक्रममा सहभागी भई उद्घाटन गरिदिन आग्रह गर्नु भएको थियो। मन्त्री पाण्डेले नेपालको मौलिक खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताउँदै उद्घाटन गर्न स्वीकृति दिनुभएको हो।

संयोजक अधिकारीले भन्नुभयो, “नेपालका मौलिक परिकारहरूलाई विश्व बजारमा पुर्‍याउन र नेपाली सेफहरूको पहिचान निर्माण गर्न यो सम्मेलनले एउटा ठुलो मञ्च तयार गर्नेछ। मन्त्रीज्यूको सहभागिताले हामीलाई थप हौसला मिलेको छ।”

फेस्टिभलमा विभिन्न पारम्परिक तथा क्षेत्रीय परिकारहरूको प्रदर्शनी, सेफहरूको प्रस्तुति, अन्तरक्रिया कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु