१३ अप्रिल २०२५, आइतबार – साउदी अरबिया।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (International Nepali Chef Society – INCS) साउदी अरबियाको प्रथम औपचारिक बैठक १३ अप्रिल २०२५ आइतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।
केन्द्रीय संयोजक सेफ अरुण अधिकारी र क्यानडाबाट INCS का केन्द्रीय अध्यक्ष सेफ दीपक कार्कीको विशेष उपस्थिति रहेको उक्त बैठकमा विभिन्न राज्यबाट सहभागी प्रतिनिधिहरूबीच अन्तरक्रिया तथा छलफल गरिँदै २६ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नयाँ कार्यसमितिको संयोजकमा सेफ सरोज सिंह थापा चयन भएका छन्। कार्यसमितिमा अध्यक्ष सेफ दिपक मरासिनी वरिष्ठ उपाध्यक्ष भद्र क्षेत्री, उपाध्यक्ष दामोदर उपाध्याय, महासचिव लालबहादुर भुजेल, सचिव महेस कुमार भट्ट , सह-सचिव अम्बिका लिम्बु, कोषाध्यक्ष विजय मगर, सह-कोषाध्यक्ष तामबहादुर खत्री लगायत अन्य सदस्यहरू समावेश छन्।
सल्लाहकारको भूमिकामा सेफ राजन भण्डारी रहनुभएको छ भने सदस्यहरूमा मानसिंह ठकुरी, रामबली चौधरी, विद्याकुमार थामी, सुवास ठकुरी, मनजित अधिकारी, गणेश चौधरी, अन्जीत अधिकारी, चन्द्रप्रसाद भुसाल, लालु महरा,दिपक पाण्डेय , टंक प्रसाद अर्याल, बिनोद थापा, छविलाल पुन मगर, मिलन बहादुर मगर, ज्वाला सार्की र गणेश श्रेष्ठ रहेका छन्।
INCS साउदी अरबियाले विश्वभर रहेका नेपाली सेफहरूलाई एकिकृत गर्दै नेपाली खानाको प्रचार-प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको व्यक्तित्व र पेशागत विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
नवगठित कार्यसमितिलाई शुभकामना दिँदै केन्द्रीय संयोजक सेफ अरुण अधिकारीले INCS लाई अझ मजबुत र सशक्त बनाउँदै विश्वव्यापी नेपाली सेफ समुदायको एकता र पहिचान प्रवर्द्धनमा निरन्तर लागिरहन आग्रह गर्नुभयो।
कार्यक्रमको समापनमा सहभागी प्रतिनिधिहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै संस्थाको भावी योजना र गतिविधिहरूमा एकजुट भई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।