मनिशा अर्याल, साइप्रस –
साइप्रसमा कार्यरत प्रवासी नेपालीहरुबिच एकआपासमा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन साथै आत्मियता, सद्भाव र भातृत्वको बिकासका लागि र खेलकुदको माध्यमबाट यहाँ भएका नेपालीहरुको आपसी भाइचारा बृद्धी गर्ने उद्धेश्यले जो जो युवा कल्ब साइप्रसले खेलकुद प्रतियोगीता सम्पन्न गरेको छ।मानव जिवनमा खेलको महत्त्व बिकास र बाताबरणको लागि पनि खेलकुदको आवश्यकता ठहर गर्दै जोजो युवा फुटसल नकाउट गेम दोर्सो पटक आइतबार १३ तारीख साइप्रस स्थित म्युजिक फुटबल एकेडेमी (६०४६)लार्नकामा सम्पन्न भएको गरेको छ।नेपाली नयाँ बर्षको अवसर पारेर गरिएको सो फुटसल गेम दोर्सो अडिसन सम्म ल्याउन पाउँदा आयोजक जोजो मगरले हर्षित हुँदै प्रवासमा पनि आफ्नो कला भएर पनि सहि ठाउँमा प्रदर्सन गर्न नपाउने खेल प्रेमीहरुको एउटा माध्यम मात्रै बनेको उहाँ बताउनु हुन्छ।
त्यसै गरि पहिलो पटक साइप्रसमै महिला फुटसलको आयोजना गरि महिला दिदिबहिनीहरुले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेको थियो।जसमा 3 टिमको सहभागिता रहेको थियो।साना साना कुराहरुले पनि धेरै खुसी दिन्छ भने झै यो हाम्रो सानो प्रयासले धेरै खेलाडी दिदिबहिनी हरुको भबिस्य बन्ने आयोजक बिश्वास्त छ।
सो फुटसलमा साइप्रस को विभिन्न शहरहरुबाट जम्मा ९ टिमको सहभागी थियो।
पहिलो टर्फि उचाल्न सफल भएको थियो लिमासोल ले भने लिमासोल लाई पछि पार्दै लगत्तै दोर्सो टर्फि निकोशियाले हात परेको छ।खेलको लागि प्रथम बिजेताले १००० युरो सिल्ड ,मेडल प्रमाणपत्र
द्रीतिय ५०० युरो सिल्ड मेडल प्रमाणपत्र
साथै उत्कृष्ट १जना बेस्ट प्लेयर, उत्कृष्ट १ जना बेस्ट गोल किपर, उत्कृष्ट १ जना हाई ईस्कोर, उत्कृष्ट १ पुरस्कार ले सम्मानित गरिएको थियो
कार्यक्रम संन्चालन धाता नन्द पाण्डे ले गर्नु भएको थियो । कार्यक्रम सम्पन्न गर्न दिन रात खटनु हुने सम्पुर्ण लाई हार्दिक आभार साथै यस प्रतियोगिता सम्पन्न गर्न अहोरात्र प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नु हुने सम्पुर्ण पदाधिकारीहरुमा आयोजक जोजो मगरले हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ।साथै फुटसल लाई माया गरि यो प्रतियोगितामा सामेल हुनुहुने सम्पुर्ण खेल प्रेमी दाजुभाइ दिदिबहिनीहरु,विभिन्न संघ संस्थाको प्रतिनिधिहरु,मिडियाकर्मीहरु साथै आम साइप्रसमा कार्यरत सम्पुर्ण नेपालीहरुमा हार्दिक आभार धन्यवाद आयोजकले दिनु भएको छ!