तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ५ गते, शुक्रबार ५:५५

🖊️सीतल आचार्य – काठमाडौं 

‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा  आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा अप्रिल १० तारिफ देखि १६  सम्म आयोजना भएको मेलामा नेपाल सहित मेक्सिको, श्रीलंका, रसीया र थाइल्यान्डको सहभागी थियो। 

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा. आरसी कोइराला “रामचन्द्र” को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा डा. कोइरालाको साथै  नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशकाका पदाधिकारी तथा कलाकारहरु, श्री लोकेन्द्र शाह, साबित्री बुढाथोकी (मीना), सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मन्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी), मोनिका राना, लिला घिमिरे, माया बस्यालको सहभागि भएको थिए ।

सोही अवसरमा समुहका प्रमुख डा. आरसी कोइरालाले  स्थानीय नगरपालिकाका प्रमुख, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु