दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राईलाई कदर पत्रसहित सम्मान प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ६ गते, शनिबार १८:५३

हङकङ। हङकङमा लोहोरूङ याक्खा युयोङ हङकङले पुस्तकालय अभियान्ता साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक / प्रकाशक राजकुमार राईलाई सम्मान गरेको छ।

नेपालको विभिन्न स्थानमा पुस्तकालय स्थापना साथै किवाहाङ उपन्यास प्रकाशनबाट नेपाली भाषा साहित्यको योगदान को निम्ति एक समारोहबीच राईलाई कदर पत्रसहित सम्मान प्रदान गरेको हो । कार्यक्रममा गोर्खा समेस्ट्री ट्रष्टका सचिव गाउँ आएको बाटो फिल्मका निर्माता अमोद राईले राजकुमार राईले डायास्पोराको व्यस्त जीवनमा पनि नेपाली भाषा साहित्यको निम्ति साहित्यिक पत्रिका प्रकाशन गर्ने देखि नेपालमा पुस्तकालय स्थापना गर्दै आउनु भएको उदाहरणीय कर्म हो उहाँबाट हामीले सिक्नु पर्छ भन्नु भयो अहिले नेपाली साहित्यमा गोर्खाहरू को इतिहासमा आधारित उपन्यास किवाहाङ ल्याउनु भएको छ । दुइ विश्व युद्ध लगायत युद्धका कथाहरू ६ दशक अगाडिको नेपालको जनजीवन ६ दशक अगाडि पहिलो विदेश पुगेका गोर्खाहरू संघर्ष दु:ख विभेद उपन्यास मा आएको महत्वपूर्ण उपन्यास रहेको बताउनु भयो । राजकुमार राईले सम्मान प्रदान गर्ने संस्था लाई धन्यवाद प्रकट गर्दै पुस्तकालय अभियान बृहत गर्दै लाने बताउनु भयो । किवाहाङको सन्दर्भमा आज गोर्खा लाहुरे आकर्षण होला तर हिजो जबरजस्ती ५२ लाख जनसंख्या भएको नेपालबाट ८ लाख युवाहरू घर गोठ बाटो तत्कालीन सरकारले जबरजस्ती पक्राउ गर्दै प्रलयकारी युद्धमा पठाए आधा भन्दा धेरै बेपत्ता भए सहादत भए अंग भंग भए अहिले सम्म कतैबाट चासो दिएन उनीहरूको न्यायको निम्ति पनि लेखेको हुँ । ६ दशक अगाडि नेपालीहरू मलाय सिंगापुर, ब्रुनाई , बेलायत हङकङ आदि देशको स्थानिय हरू को जनजीवन सँग कसरी घुलमिल भएर आफ्नो सैनिक जीवन व्यथित गरेका थिए उल्लेख गरेको छु । उपन्यास यथार्थ घटनाक्रमलाई औपन्यासिकता दिएको छु । उपन्यास पढ्दै गर्दा इतिहास पनि पाठकले पढ्ने छ भन्नु भयो । संस्थाका सल्लाहकार पुष्प राईले कार्यक्रमको स्वागत गर्दै राजकुमार राईले पुस्तकालय अभियान नेपालमा सनञ्चालन गरेर पुण्य कर्म गर्नु भएको छ उहाँको अभियानलाई सहयोग समर्थन गरौं भन्नु भयो । उद्घोषक धर्म खिम्पुले राईले किवाहाङ उपन्यासको प्रसंगहरू जोडिनु भएको थियो । उपन्यास प्रत्येक नेपालीहरूले पढ्नु पर्ने सार्है पठनिय रहेको किवाहाङ धार्मिक पुस्तक जस्तो घर घरमा राख्न अनुरोध गर्नु भएको थियो । देउराली क्लब नाइट मार्केट जोर्डन हङकङमा भएको समारोहका सभापति जित बहादुर राईले उपन्यासकार पुस्तकालय अभियान्तालाई बधाइ तथा शुभकामना प्रकट गर्दै सभा विर्सजन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु