तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

द फेस अफ मोडल सिजन २ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १३ गते, शनिबार १९:२८

काठमाडौं । डिभाइन एण्ड एलिगेन्ट डि.ई. इभेन्ट्सद्वारा आयोजना गरिएको द फेस अफ मोडल सिजन २ (२०८२) को ग्राण्ड फिनाले बैशाख ९ गते फुड कोर्ट, सिटी सेन्टरमा भव्यताका साथ सम्पन्न भयो।

कडा प्रतिस्पर्धामाझ विवश सिंह थापाले मिस्टर फेस अफ मोडल तथा पुनम तामाङले मिस फेस अफ मोडलको उपाधि जित्न सफल भए। त्यस्तै, प्रतियोगितामा जेसिका बुद्ध क्षेत्रीले यस सिजनको ब्रान्ड एम्बेसडर को उपाधि हात पारिन् भने अर्गनाइजर च्वाइस अवार्ड देवांश चन्दले प्राप्त गरे । आम पब्लिकको मन जित्दै आरुष कडरियाले मोस्ट पपुलर मोडलको उपाधि जिते।

कार्यक्रममा निर्णायकको भूमिकामा सरोज ओझा, सुशिला थापा, टेकराज पाण्डे, र सन्नि सिंह रहनुभएको थियो ।

डि.ई. इभेन्ट्स की प्रबन्ध निर्देशक अमिशा ओलीले कार्यक्रम नेपाली सांस्कृतिक सम्पदा, कलात्मक अभिव्यक्ति र नयाँ प्रतिभाको सम्मानका रूपमा आयोजना गरिएको जानकारी दिइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु