दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“गीता अध्ययन प्रतिष्ठान चितवन” गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १३ गते, शनिबार २१:२६

भरतपुर÷शैक्षिक क्षेत्रको नीतिगत सुधार सँगै शैक्षिक संस्थाहरुमा गीता, भागवतको अध्ययन गर्नको लागि जनमानसहरुमा जागरुक गराउँदै प्रचारप्रसार गर्ने, गीताको अध्ययन मार्फत मन, मस्तिष्क र शरीरलाई नियन्त्रण गरेर अद्यात्मक बनाउने, मानिसहरुमा अनुशासित बनाई गीता र भागवतको माध्यमबाट उत्प्रेरणा जागृत गराउने उद्देश्यका साथ कास्की पोखरामा मुख्य कार्यालय बनाई सञ्चालनमा रहेको “गीता अध्ययन प्रतिष्ठान” को चितवनमा शाखा गठन गरिएको छ ।
चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा सुरक्षा रेग्मी सापकोटा, सचिवमा कविता खतिवडा, कोषाध्यक्षमा माधव प्रसाद पोखरेल, कार्यसमिति सदस्यहरुमा अम्बिका भण्डारी, ज्योति पोखरेल लम्साल, शालिकराम दुवाडी, मनोज चापागाईं, जानुका के.सी., धु्रब प्रसाद काफ्ले, चन्द्र प्रसाद आचार्य, राजु भट्ट र ईश्वरा तिवारी रहनुभएको छ ।
समितिको सल्लाहकारमा ध्रुव वाग्लेलाई चयन गरिएको छ । भने, समितिको आगामि बैठकमा थप सदस्य थप गरी समितिलाई पूर्णता दिईने निर्णय समेत गरिएको थियो ।
नवगठित समितिको पहिलो बिशेष बैठकले प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रम मोडालिटी, नियमित बैठक सञ्चालक प्रक्रिया, प्रतिष्ठानले समाजका गर्न सक्ने कार्यहरु लगायतका विषयमा छलफल गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु