तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई २ स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १५ गते, सोमबार ६:०७

काठमाडौं । जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपालले तीन रजत र ६ कांस्य पदक पनि जित्यो । च्याम्पियनसिपमा योगेश १८ वर्षमाथिको पुम्से र महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।
यस्तै सिनियर पुरुष ६८ केजीमुनि तौल समूहमा विमल रोकाय, महिला १२ देखि १४ वर्ष उमेर समूहको महिला पुम्सेमा खुसी गौतम र सिनियर महिला पुम्सेमा मलिका घुलुले रजत पदक जिते । यस्तै महिला ४२ केजीमुनि डोल्मा लामा, पुरुष ७४ केजीमुनि चन्द्रप्रसाद गौतम, ५४ केजीमुनि अंकित गौतम र जुनियर ग्योरोगीको पुरुष ३३ केजीमुनि वीरेन्द्र हुमागाईंले कांस्य पदक जिते । यस्तै ग्योरोगीको महिला २९ केजीमुनि र १२ देखि १४ वर्ष उमेर समूहको एकल पुम्सेमा खुसी जोशीले दोहोरो कांस्य पदक जितिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु