तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पाँच मिनेटको भिडियोमा पूरै चलचित्रको कथा ।। बेग्लै रोमाण्टिक म्युजिक भिडियो ।। स्वतन्त्र संसारको गौरबशाली निर्माण ।।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १५ गते, सोमबार २१:०३

ललितपुर । नेपाली सांगीतिक आकाशमा बेग्लै रोमाण्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। पाँच मिनेको भिडियोमा पूरै तीनघण्टा चलचित्रको कथा बोकेको गजबको म्युजिक भिडियो सार्वजनिक भएको हो। उक्त म्युजिक भिडियोको बोल नै “डुली डुली रहुँ” हो।

यस गीतको पाँच मिनेटको म्युजिक भिडियोमा पूरै चलचित्रको कथा रहेको छ। आँट, साहस र धैर्यको प्रतिक मानिएका बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको निर्माणमा निर्मित यस म्युजिक भिडियो निर्देशन जितेन्द्र राजोपाध्यायले गरेका हुन्। अन द स्पट राइटरको रुपमा नामी गीतकार दिपक विवश आँशुको शव्द रचना तथा मञ्जु नकर्मीको संगीत तथा योगेन्द्र पौडेल र ऋतु श्रेष्ठको गायन रहेको छ।

भिडियोमा रोबिन पोखरेल र मीरा डंगोलको मुख्य भूमिका रहेको छ । साथमा साजन शाही, बिक्रम खड्गी र आशिष क्षेत्रीको पनि विशेष भूमिका रहेको छ। छायाङ्कन मोहन कुमार झिल्लुको रहेको छ भने दृश्य सम्पादन अनिल कुमार महर्जनले गरेका हुन् । यो गीतको भिडियोलाई संसार क्रियशन नेपालको आधिकारिक युट्युब च्यानल संसार अनलाइन टेलिभिजनवाट विश्वव्यापी प्रसारणमा आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु