
संगीतको कुनै भाषा हुदैन ।। जाति हुदैन ।। धर्म र संस्कृति हुदैन ।। संगीतकाे भाषा ,जाति,धर्म र संस्कृति भनेकै संगीत हाे।।
संगीत विश्व भाषा नै हाे ।। यिनै विश्व भाषारूपी संगीतकाे माध्यमवाट नेपाल र नेपालीलाई चिनाउने कार्य नेपाल बाहिर इजरायलमा नेपाली आधुनिक संगीतका विरही गायक तथा संगीतकारका रूपमा चिनिएका बहुमुखी प्रतिभाका धनी कलाकार बिजेन श्रेष्ठवाट भैरहेको छ।।
डेढ बर्षदेखि इजरायलमा कार्यरत रहेका श्रेष्ठले नेपाली गीत-संगीतका माध्यमवाट नेपाल चिनाउने कार्य भैरहेको छ। नेपाली संगीत विश्वकै अतुलनीय संगीत भएको विभिन्न माैलिक बाजागाजा सहितको संगीत प्रस्तुतिवाट श्रेष्ठ इजरायलमा चिनिएका छन्।।
गायक एवम संगीतकार तथा कलाकार श्रेष्ठले सयाैं नेपाली आधुनिक गीतमा संगीत दिइसकेका छन्। दर्जनाै गीत गाइसकेका छन्। अनि केही म्युजिक भिडियो तथा फिल्ममा पनि अभिनय गरेर इतिहास काेरिसकेका छन्।।।


