दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किरात राई यायोक्खा साइप्रसले मे ११ मा साकेला उभौली पर्व मनाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १८ गते, बिहीबार १६:२१

मनिशा अर्याल ,साइप्रस।

किरात राई यायोक्खा साइप्रसले साकेला उभौली पर्व यो बर्ष पनि स्थानीय कलाकारहरुको साथमा धुमधामको साथ साइप्रसमा मनाउने भएको छ। यहि आगामी आइतबार ११ मे बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म Tikkks place limasol मा साकेला उभौली मनाउन लागिएको किरात यायोक्खा साइप्रसको अध्यक्ष नवीन राईले बताए!

साइप्रसमा विभिन्न नेपालीपन झल्काउने, मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको किरात राई यायोक्खा साइप्रसले यहाँ रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाल नेपालीलाई एकतामा बाध्दै नेपाली गित सङ्गीत कला तथा कलाकारहरुलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ।

किराँती संस्कृति अनुसार ढोल झ्याम्टा बजाउदै साकेला शिली नाँच प्रस्तुत गरिने बताइएको छ। साथै, संघसंस्थाका कलाकारले पनि आफ्नो सांगीतिक प्रस्तुति दिने तयारी रहेको आयोजकले जनाएका छन्।

सो कार्यक्रमको लागि प्रत्येक सहर बाट बसको सुबिधा रहेको छ भने टिकट शुल्क २० युरो रहेको जानकारी प्राप्त भएको छ्।
जहाँ रहे पनि आफ्नो समुदायको भाषा कला को जोगेर्ना गर्ने कर्तव्य सबैको भएकाले प्रदेशमै भए पनि सोही अनुरुप राईहरु एकताबद्ध भएर लागिपरेको जानकारी प्राप्त भएको छ।

सो कार्यक्रम मा उपस्थित भै कार्यक्रम लाई सब्य र भब्य बनाईदिनु हुन सम्पुर्ण साइप्रसवासि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक टिम ले अनुरोध समेत गर्नुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु