दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आगामी जुन ६ मा साउदीमा भव्य साँगीतिक कार्यक्रमको आयोजना ग​रिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १९ गते, शुक्रबार ५:४८

पाँचथर हिलिहाङ गाउँपालिका स्थित यवा मार्गको स्तरोन्नति तथा नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि के.आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको जुबेलस्थित अल हुमैदान हल (लुलु हाईपरमार्केट पछाडि) मा भव्य साँगीतिक कार्यक्रमको आयोजना गर्न लागेको छ।

संस्थापक श्रीप्रसाद यावका अनुसार, कार्यक्रममा नेपालका चर्चित कलाकारहरू रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम लगायतकी नृत्य कलाकार प्रीति पासवानको प्रस्तुति रहनेछ।

साउदी अरबको जुबेलमा विगत १५ वर्षदेखि के.आई. हिमालयन किचन, के.आई. फेन्सी र के.आई. ट्राभल लगायतका व्यवसाय गर्दै आएका के।आई। ग्रुपका सह-संस्थापक श्री ओमप्रसाद फुयाँल र ईश्वर काप्रीका अनुसार, संस्था सामाजिक सेवामा पनि सक्रिय रहेको छ।

कार्यक्रमको संयोजन देव धिमालले गरेका छन।

श्रीप्रसाद यावले व्यक्तिगत लगानीमा पाँचथरको यवा मार्गको १० किलोमिटर बाटो निर्माण गरेका छन्, र यस्ता कार्यक्रमबाट संकलित आम्दानीलाई सामाजिक सेवामा निरन्तर लगानी गर्दै आइरहेका छन।

कार्यक्रमको टिकट साउदीको जुबेल, दमाम र खोबरस्थित नेपाली होटलहरूमा उपलब्ध गराइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु