तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल म्युजिक फेस्टिवल २०२५ साउदी अरविया जुबेल मा हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २० गते, शनिबार १६:०५

नेपाली कला संस्कृतिको उत्थान तथा  पाँचथर हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको स्तरोन्नति को लागि  के . आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको  जुबेलमा  साँगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । संचालक श्रीप्रसाद यवा का अनुसार  कार्यक्रम अल हुमैदान हल ( लुलु हाईपर मार्केटको पछाडि पट्टी) मा हुनेछ । कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु  रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम को साथमा प्रिती पासवान नृत्य  रहने छ ।

बिगत १५ बर्ष देखि साउदी अरेबिया को जुबेल स्थित आफ्नो रेस्टुरेन्ट   के. आई, हिमालयन किचन, के. आई, फेन्सी , के. आई, ट्राभल को व्यबसाय गर्दै आएका   के.आई.ग्रुपका अर्का संचालक  श्री. ओम प्रसाद फुयाँल तथा  ईश्वर  काप्रीका अनुसार सामाजिक कामहरूमा समेत संस्था सक्रिय रहेको बताए ।  l देव धिमालले कार्यक्रमको संयोजन गरेका छन ।   पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको १० किलोमिटर बाटो आफनै ब्यक्तिगत लगानीमा बनाएका श्री प्रसाद यवा ले यस्ता कार्यक्रमहरुबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेका छन  । उनका अनुसार कार्यक्रमको टिकट  साउदी अरबको  जुबेल, दमाम, र खोबरको  नेपाली सम्पूर्ण होटलहरुमा उपलब्ध गराइएको छ l

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु