दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २३ गते, मंगलवार ५:४८

काठमाडौं, बैशाख २२ गते । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । सिंगल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ४ टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो ।
च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित ग¥यो । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन् । २ मा जित र १ मा हार व्यहोरेको गण्डकी ६ अंकसाथ दोश्रो भयो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा ३ अंकसाथ मधेश प्रदेश तेश्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे ।
आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिइन् भने मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल डिफेन्समा उत्कृष्ट ठहरिए । दुवै गण्डकीका हुन् । प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुरुषमा सेमिफाइनल समीकरण पूरा ः
राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल पूरा भएको छ । सेमिफाइनलमा आर्मीको भेट अर्को विभागीय टोली एपीएफ क्लबसंग हुनेछ भने गण्डकीले नेपाल प्रहरीको सामना गर्ने छ ।
प्रहरीले बागमतीलाई २–० गोलले पराजित ग¥यो । दुवै गोल ‘प्लेयर अफ द म्याच’ शंकर घर्ती मगरले गरे । सरोजकुमार गोलेको निर्णायक गोल मद्दतमा नव प्रवेशी टोली एपीएफले कर्णाली प्रदेशलाई १–० गोलले हरायो । सरोज नै ‘प्लेयर अफ द म्याच’ बने ।
गण्डकीले मधेशलाई ३–० गोलले पाखा लागायो । गण्डकीका दीपक तामाङले २ तथा कुशल नेपालीले १ गोल गरे । दुवै सेमिफाइनल मंगलबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु