
स्वदेशमै रोजगारि खोज्नु छ स्वदेशमै बस्नु छ
देश विकासको नयाँ क्रान्ति लिएर अगाडि बढनु छ
हामी जहाँ भए पनि हाम्रो देश छ रमाइलो
जहाँ पुगे ,जुन ठाउँमा पुगे पनि आफ्नै गाउँ प्यारो
अब बाझो जग्गा जमिन जोत्नु पर्छ
नाङ्गा डाडापाखामा हरियालीले भर्नुपर्छ
हाम्रो देश उर्वर भुमि उत्पादन तिर लाग्नुपर्छ
विकासका नयाँ नयाँ बाटोहरु खोज्नुपर्छ
सबै ठाउँमा बाटो र रोड पुग्नुपर्छ
सुशासन र विकासको नया लहर चल्नुपर्छ
देशमा सबैलाई सुरक्षाको आभाष हुनुपर्छ
अस्पताल,स्कुल सबै ठाउँमा पुग्नुपर्छ
अब बन्छ नयाँ नेपाल सबैको मन छुन्छ
अब देश जस्तो देश बनाउनु छ
स्वदेशमै रोजगारि खोज्नु छ स्वदेशमै बस्नु छ
देश विकासको नयाँ क्रान्ति लिएर अगाडि बढनु छ
हामी जहाँ भए पनि हाम्रो देश छ रमाइलो
जहाँ पुगे ,जुन ठाउँमा पुगे पनि आफ्नै गाउँ प्यारो
लेखक : गोबिन्द राज ओझा (राजन )


