दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेकनको उपाध्यक्षमा किशोर दुलालको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २४ गते, बुधबार १०:१५

फेकनको उपाध्यक्षमा किशोर दुलालको उम्मेदवारी, फेकनलाई अन्तर्राष्ट्रिय जगतमा पनि पत्याउने बनाउने

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) को शनिवार हुने निर्वाचनका लागि उपाध्यक्षमा किशोर दुलाल (खगेन्द्र) ले उम्मेदवारी दिएका छन् ।
हिजो मंगलबार संस्थाको कार्यालय डिल्लीबजारमा उम्मेदवारी दर्ता गरेपछि उनले सबैलाई सहयोगको लागि आग्रह गरेका छन् । ‘संस्थाको लागि केही गरौं भनेर उपाध्यक्ष बन्न खोजेको हुँ, संस्थामा अहिलेसम्म मैले गरेको योगदानलाई आधार मानेर पनि सबैले मतदान गर्नेमा ढुक्क छु ’ उनले भने ‘फेकनलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याएर पहिचान स्थापित गर्ने मेरो अर्को योजना हो ।’ लामो समयदेखि संस्थासँग आबद्ध रहँदै आएका दुलाल काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिक एजुकेशन कर्नरका संचालक हुन् ।
उनले फेकनलाई गतिशील, समावेशी र गर्विलो संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको जनाएका छन् । सामाजिक सञ्जालबाट पनि सार्वजनिक अपिल गरेका दुलालले संस्थाको गौरवमय इतिहासप्रति सम्मान व्यक्त गर्दै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाको गरिमा र व्यावसायिक दिशालाई मजबुत बनाउन आफ्नो भूमिका आवश्यक रहेको बताएका छन् । उनले फेकनले विगतमा उल्लेखनीय उचाइ हासिल गरे पनि त्यो उचाइलाई कायम राख्न झनै बढी प्रतिबद्धता, मेहनत र सहकार्यको खाँचो भएको बताएका छन् । एक कार्यकाल फेकनको सदस्य भएर काम गरिसकेका उनले आफूसँग भएको ज्ञान, सीप र अनुभवलाई भोलिको दिनमा पनि संस्थाकै लागि खर्चिने बताएका छन् । ‘पद लिनु एउटा कुरा हो, पदमा आउन त सबैलाई मन हुन्छ तर पद सम्हालेपछि उसले संस्थाको लागि कति समय दिन्छ कि दिँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनले भने ‘ मैले हिजोको दिनमा पनि व्यक्तिगत र आफ्नो व्यावसायिक काम छोडेर संस्थाको लागि समय दिएको थिएँ अब भोलिको दिनमा पनि झन् बढी समय दिएर आफ्नो जिम्मेवारी पूरा गर्छु ।’
उनले आफ्नै पहलमा सदस्य संख्या बिस्तार गरेर पनि संस्थाको आधारशीला बलियो बनाएको बताएका छन् । उनलाई धेरैले स्पष्ट दृष्टिकोण, स्वच्छ मनोवृत्ति र गहिरो उत्तरदायित्व बोध भएको व्यक्तिको रुपमा बुझ्ने गरेका छन् । ‘फेकन छ र म छु, फेकन रहुञ्जेल म सधैँ यो संस्थाको जिम्मेवार सदस्य भएर रहने छु’ उनी भन्छन् ‘फेकनले हामीलाई जुन पहिचान दिएको छ त्यसलाई बढाउँदै विश्व समुदायले पत्याउने फेकन बनाउने उद्येश्य सबैको हुनुपर्छ ।’
आफ्नो उम्मेदवारी स्वाभाविक, समयसापेक्ष र आवश्यक रहेको उल्लेख गर्दै उनले सबै फेकन सदस्यहरूलाई साथ, समर्थन र विश्वासका लागि आग्रह गरेका छन् । ‘आजको टड्कारो आवश्यकता भनेको गर्विलो फेकन हो, जुन हाम्रै पालामा सम्भव छ’ भनेका छन् । महाधिवेशनले दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचनमा २ सय ६२ मतदाता रहने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु