तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २७ गते, शनिबार २०:०८

प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४ दक्षिण एसियाली राष्ट्रका ८ टिम सहभागी थिए । नेपालबाट एमएमएसीका खेलाडीले सहभागिता जनाएका थिए ।
भेटानको थिम्पुमा भइरहेको प्रतियोगितामा श्रष्टा नापितले दोहोरो स्वर्ण जितिन् । श्रष्टाले महिला ५७ केजीमुनि पहिलो स्वर्ण चुमिन् । श्रष्टाले अर्को स्वर्ण खुला तौलसमूहमा हात पारिन् । ५७ केजी तौलसमूहमा खेल्ने प्रतिस्पर्धीले खुला तौलसमूहमा पनि खेल्न पाउने प्रावधान थियो ।
पुरुष ३६ केजीमुनि साइमन तामाङ तथा ४० केजीमुनि सदिन तामाङले स्वर्ण जिते । महिला ३६ केजीमुनि जेनिशा वाइबाले रजत तथा पुरुष ५० केजीमुनि जुविन महर्जनले कांस्य प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु