
काठमाडौं । युवा समाजसेवी तथा जिल्ला युवा समिति रसुवाका अध्यक्ष अविनाश तामाङ सम्मानित भएका छन् ।
युवाहरूमा सकारात्मक सोच, सीप र नेतृत्व विकास गर्ने उद्देश्यले प्रदेश युवा परिषद्,बागमती प्रदेशद्वारा आयोजित प्रदेश युवा सम्मेलन २०८२ को अवसरमा मंगलबार बागामती प्रदेशका मुख्यमन्त्री बहादुर/सिंह लामा (तामाङ) र बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं लगाएतले तामाङलाई सम्मान गरेका हुन्।
सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला तामाङ विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध प्रखर वक्ता, समाजसेवी, समेत हुन् । लामो समय महिला बाल बालिका शिक्षा, युवा, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका तामाङ विभिन्न संघसंस्थामा आवद्ध छन् ।


