तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गंगा दशहराको तयारीमा लड्केश्वर धाम, देशभरबाट श्रद्धालु बोलाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ३१ गते, बुधबार १६:५३

पनौती । पनौतीको ऐतिहासिक लड्केश्वर धाममा यस वर्षको गंगा दशहरा मेला विशेष कार्यक्रमसहित आयोजना हुँदैछ । २०८२ सालको जेष्ठ १४ गतेदेखि आरम्भ हुने मेलामा देशैभरबाट विद्वान, साधक र श्रद्धालुहरूलाई निमन्त्रणा गरिसकिएको छ ।

गत वर्ष सम्पन्न भएको राष्ट्रिय कोटिहोमपछि लड्केश्वर धामलाई “विश्वकै एकमात्र कालाग्निरुद्र पीठ” को रूपमा स्थापित गरिँदैछ । यसै अवसरमा पीठाधीश मुकुन्द शर्मा हुमागाईंले धार्मिक सुझाव तथा जनसहभागिताका लागि खुला आह्वान गरेका छन् ।

मेलामा विभिन्न पूजाआर्चना, साधना, र लक्षहवन कार्यक्रम हुने बताइएको छ । धार्मिक पर्यटनको सम्भावना बोकेको लड्केश्वर धाम अब नेपालभित्रको प्रमुख आध्यात्मिक गन्तव्य बन्ने दिशामा अघि बढेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु