दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लालीगुराँस र क्यान्भास विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ३१ गते, बुधबार १७:३३

काठमाडौं, बैशाख ३१ गते ।लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास बसन्त ऋतु आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा बुधबार विजयी भएका छन् ।
बसुन्धारास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१–२८ ले पराजित ग¥यो । लालीगुराँसको जितमा साहिद पुनले १३ अंक योगदान गरे । रिसन गुरुङको ४ अंक सहयोगमा क्यान्भासले ज्ञान संस्कारलाई २२–१९ ले हरायो ।
जुनियर ब्वाइजमै भ्याली पब्लिकले स्किब्सलाई ३९–२६ तथा गोल्डेनपिकले हेराल्डलाई ४५–२३ ले पाखा लगाए । भ्याली पब्लिकका आर्यन गुरुङले १३ तथा स्किब्सका सफल राईले १२ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३१–२७, केभीकेएसएसले जेबी स्कुललाई २३–१५, ग्रिनल्यान्डले तेजस्वीलाई ३९–२७ र फेरिल्यान्डले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१८ ले पन्छाए । भ्याली पब्लिककी लोरिशा गौचनले ११, केभीकेएसएसकी पूजा लामाले ६, ग्रिनल्यान्डकी बिहानी राईले २१ र फेरिल्यान्डकी खुश्बु मगरले ६ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु