
मनिसा अर्याल साइप्रस।
गैरआवासीय नेपाली संघ साइप्रसका महासचिव धाता नन्द पाण्डेले एनआरएन साइप्रसको तर्फबाट सम्पूर्ण नेपालीहरुमा सदस्यता लिनको लागि हार्दिक अपिल गरेका छन् ।
गैरआवासीय नेपाली संघ साइप्रसले आफ्नो स्थापना काल देखिनै साइप्रसको विभिन्न सहरमा बसोबास गर्ने नेपालीहरुलाई सदस्यता वितरण गर्दै आइरहेको छ!आगामी कार्यकाल २०२५-२०२७ का लागि सदस्यता नवीकरण गर्न इच्छुक सदस्यहरुले सदस्यता लिनको लागि नया सदस्यता खुलाइएको हो।NRNA साइप्रसको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) बाट नै स्वीकृत बमोजिम नयाँ सदस्यता अन्लाईन फारम खुल्ला गरिएको बताएका छ्। सदस्यता लिनको लागि मे १ देखि जुन ३० सम्म मा भरिसक्नु पर्ने छ ,भने सदस्य फारम भर्नको लागि आफ्नो मोबाइल बक्स मा गै smart NRNA डाउनलोड गरि त्यहा मागिएको विवरणहरु भर्नुपर्ने हुन्छ। रोजगारिको सिलसिलामा साइप्रस पुगेका नेपालीहरुले मात्रै सदस्यता लिन पाउने छ.!अध्ययनको लागि यहाँ आउनुभएको विद्यार्थीको हकमा भने सदस्यता लिन पाउने छैनन् । हामी नेपालीहरुको साझा सस्था एनआरएनलाई तपाई हामीले हातेमालो गर्दै अझ बलियो बनाउन तपाईहरु सबैले तोकिएको अनुसार सदस्यता बन्नु हुन महासचिव पाण्डेले हार्दिक अनुरोध समेत गर्नुभएको छ्।


