दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जाल्सानको नवनिर्वाचित समितिलाई एप्क्यानको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते, बुधबार २०:१६

काठमाडौं । जापान जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था जापानीज भाषा स्कुल संघ (जाल्सान) को नवनिर्वाचित कार्यसमितिलाई शैक्षिक परामर्शदातृहरुको अर्को संस्था शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) ले आज सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा एप्क्यानले जाल्सानको नयाँ कार्यसमितिलाई बधाई दिँदै सम्मान गरेको छ । एप्क्यानले नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको शुुुुुुभकामना व्यक्त गरेको छ । एप्क्यानका महासचिव अनिल शर्माले नयाँ समितिलाई त्रधाई र शुुुुुुभकामना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले शैक्षिक व्यवसायीका मुद्याहरुमा आफूूहरु सँगै मिलेर जाने पनि बताएका छन् । झण्डै २ वर्षअघि प्रज्वल बस्नेतको अध्यक्षतामा एप्क्यान गठन भएको थियो ।
गत चैत्र ८ गते काठमाडौंमा भएको जाल्सानको १२ औं वार्षिक साधारणसभाले रमेश देवकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको थियो । देवकोटा यसअघि पनि अध्यक्ष थिए । कार्यसमितिको निवर्तमान अध्यक्षमा झम्कलाल श्रेष्ठ ‘विशाल’, प्रथम उपाध्यक्षमा महेशकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सुरेन्द्र शाही, महासचिवमा अरुण पाण्डे, सचिवमा कोषराज गिरी र कोषाध्यक्षमा ध्यानबहादुर सुव्वा ‘ललित’ चयन भएका थिए । त्यस्तै कार्यसमितिको सदस्यहरुमा अमृत गिरी, विमलराज गिरी, महेन्द्र थापा, रोशन बानियाँ र सुनिल महर्जन चयन भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु