तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्किब्स कप बास्केटबलमा ७५ टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते, शुक्रबार १७:५४

काठमाडौं, जेठ ९ गते । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ४ विधामा ४४ विद्यालयका ७५ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा ३२, सिनियर गल्र्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिमले भाग लिने छन् ।
सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजको खेल लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । स्टाफको खेल राउन्ड रोविन लिग पद्धतिमा हुनेछ । लिगमै हासिल गरेको अंकका आधारमा विजेताको चयन गरिने छ । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी तीन विधामा नगद पुरस्कार राखिएको छैन ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने स्किब्सका को–ओर्डिनेटर एवं इसीए इन्चार्ज सागर शर्माले जानकारी गराए । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको कोर्टमा खेलाइनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु