दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चोभार ब्लुजवाट व्यापक चर्चामा आएका स्रष्टा बिक्रम भक्त जोशीको उच्चतम् सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १० गते, शनिबार १९:३१

ललितपुर । आँट, साहस र धैर्यका प्रतिक एवम् बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन नेपालले साहित्य क्षेत्रमा अतुलनीय योगदान दिएवापत पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२ प्रदान गरिएको छ। नेपाली नोबल साहित्यका बिक्रम भक्त जोशीलाई पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२ प्रदान गरिएको हो।

सिनेमा, संगीत र कला क्षेत्रमा लागेका कलाकारहरुको योगदानको कदर गद्र्रआएको संसार क्रियशन नेपाल साहित्य क्षेत्रमा लागेका साहित्य सिल्पी स्रष्टाहरुलाई सम्मान दिन अग्रसर हुनेक्रममा नेपाली नोबल साहित्यकार जोशीलाई उक्त सम्मान प्रदान गरिएको जनाएको छ। नेपाली साहित्य क्षेत्रमा बेखामान र राक्षस नामक बाल कृतिको अलावा व्यापक चर्चामा रहेको निकथा कृति चोभार–ब्लुजको कारण चर्चाको शिखरमा रहेका स्रष्टा जोशीलाई संसार साहित्य तारा सम्मान २०८२ ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुखको प्रमुख आतिथ्यता तथा युगिन कलाकार पवन जोशी, युगप्रेरक लेखक तथा निर्देशक प्रकाश सायमी लगायतको विशेष आतिथ्यतामा बिहीवार आयोजित भव्य तथा सभ्य कार्यक्रम वीच प्रदान गरिएको आयोजक संसार क्रियशन नेपालले भनेको छ।

कुनैपनि स्रष्टालाई चिनाउने भनेको उनको एउटै कृति नै काफी भन्ने कुरा संसार साहित्य तारा सम्मान २०८२ वाट सम्मानित स्रष्टा जोशीको चोभार ब्लुज कृतिले पुष्टि गरेको छ। १९ वटा निकथा रहेको चोभार ब्लुज १९ वटा कृति बराबरको एक कृति भएको कारण पनि यसको महत्व अझ धेरै भएको कार्यक्रममा उपस्थित स्रष्टाहरुको ठहर रहेको छ। यिनै सम्मानित स्रष्टा जोशीको अमर कृति चोभार ब्लुज दुई बर्षयता बेस्ट सेलिङ कृतिमा पनि दर्जित भैसकेको कारण यसको दोश्रो संस्करण आगामी महिनाभित्र आउने जानकारी पनि स्रष्टा जोशीले दिएका छन्।

प्रकाशन मिति–२०८२ साल जेठ १० गते शनिवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु