तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्किब्स बास्केटबलमा भ्याली पब्लिक सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते, आईतवार १६:४०

भ्याली पब्लिक नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १५–१० ले पराजित ग¥यो ।
बाँकी ३ क्वाटरफाइनल हुन बाँकी छ । त्यसमा नवीन ज्योतिले चेल्सी वल्र्ड स्कुल, त्रिज्योतिले हिमरश्मि र निम्सले ज्ञान निकेतन विरुद्ध खेल्ने छन् ।
जुनियर ब्वाइजमा स्किब्सले नवीनज्योतिलाई ९–८ को साँघुरो अन्तरले हराउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । अन्य प्रिक्वाटरफाइनल ओडिसी इन्टरनेसनल एकेडेमी र युनिक नेपाल, एन्जल्स हार्ट र पिपुल्स एकेडेमी, नेपाल पुलिस स्कुल र पारामाउन्ट एकेडेमी, ज्ञान निकेतन र बसुन्धरा नेसनल एकेडेमी (बीएनए), सेब र गेट्वे एकेडेमी, हिमरश्मि र गोल्डेनपिक तथा लालीगुराँस नेसनल एकेडेमी र अपी स्कुलबीच हुनेछ ।
सिनियर ब्वाइजको प्रिक्वाटरफाइनलमा टीआईए र स्काइलार्क, न्युटन र बीएनए, प्राण्जली र विल्सन एकेडेमी, हिमरश्मि र पृथ्वी, ग्रिनल्यान्ड र सेब, स्किब्स र नेपाल पुलिस, ज्ञान निकेतन र अपी तथा एन्जल्स हार्ट र रिलायन्स भिड्ने छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु