तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्तर्राष्ट्रिय चकलेटीयर तथा एजुकेटीभ पेष्ट्री सेफ सरोज थापाद्वारा नेपालमा ‘बेक जुजु धौ केक’ व्यवसायको सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते, सोमबार ९:०३

काठमाडौं – अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चकलेटीयर तथा एजुकेटीभ पेष्ट्री सेफ सरोज थापाले परम्परागत नेवारी दही जुजु धौ मिश्रित अनौठा स्वादयुक्त केकहरुको उत्पादन नेपालमा विधिवत रूपमा सुरु गरेका छन्। बेक जुजु धौ केक नामक यो विशेष पारिवारिक व्यवसायको सुरुवात काठमाडौंस्थित आफ्नै निवासबाट गरिएको हो।

सेफ थापाले आफ्ना केक उत्पादनहरू पूर्णतः अर्गानिक हुने र अर्डर अनुसार स्वादअनुसार तयार गरिने जानकारी दिए। यस व्यवसाय अन्तर्गत परम्परागत तथा जडीबुटीजन्य स्वाद मिसाएर तयार गरिएका केकहरू उपलब्ध हुनेछन्, जुन सामान्यतया अन्य बेकरीमा पाइँदैनन्। प्रस्तुत केकका स्वादहरूमा यार्सागुम्बा, मोरिंगा, सिस्नो, सखरखण्ड, गाजर, हरियो स्याउ, चुकन्दर, टिमुर, भ्यानिला, कोकोवा, नीम, हरियो चिया, जिम्बु, चिया सिड, आलस, पाँचऔँले, सालधूप, शिलाजीत र जटामसी रहेका छन्।

फ्रान्स र जर्मनीबाट पेस्ट्री, बेकरी,आइसक्रिम र चकलेट बनाउने विषयमा डिप्लोमा गरेका थापाले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र हाल साउदी अरेबियामा काम गरिसकेका छन्। उनी विश्व प्रसिद्ध फुटबल खेलाडी साडियो माने र क्रिस्टियानो रोनाल्डो लगाएतका स्वस्थ आहार र खाना योजनामा समेत सहभागी हुनुहुन्छ ।

सेफ थापाले उक्त नवीनतम व्यवसायलाई दीर्घकालीन सफलतामा रूपान्तरण गर्न सबैले साथ र सहकार्य गरून् भन्ने कामना व्यक्त गर्दै भने, “सधैं मिलेर रहौं, यस सुरुवातलाई अर्थपूर्ण बनाऔं।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु