
काठमाडौं, जेठ १५ : आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७२ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज (मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।
मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो । नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो।पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले आजको दिनलाई विशेष मान्छन् ।


